फेसबुकको नाम परिवर्तन गरेर ‘मेटा’ राखियो

काठमाण्डौं/फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको  घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने दिएका छन् ।
जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ लोगो इनफिनिटी आकारमा छ ।