सवारी लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द

काठमाण्डौं/सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द भएको छ । आज बिहीबार दिउँसोदेखि अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ । लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला भएको हो ।