बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण

हेटौडा/बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई आज बिहीवार आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पाण्डेसँगै काँग्रेसबाट कृष्णलाल भँडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।

मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।