पछिल्लो २४ घण्टामा थप ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं/पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै दुई हजार ५०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८२ पुगेको छ । त्यस्तै नेपालमा हाल १० हजार २३६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।