बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डेद्वारा दाबी पेश

हेटौडा/बागमती प्रदेशका मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दावी पेश गर्नु भएको छ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नु भएको हो।
उहाँको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आज बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाउनु भएको थियो।
शाक्यले दिनुभएको राजीनामा आजै स्वीकृत भएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो ।