देशभर थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्ठामा ७ हजार १६७ पीसीआर परीक्षणमा ५ सय ८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।