बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

हेटौडा/बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री आज बुधवार पदबाट राजीनामा दिनुभएको हो ।

वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।

शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।