बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने

काठमाण्डौं/बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् ।
मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि अघिल्लो बैठकमा छलफल भएको थियो ।

प्रदेशसभामा आज मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने कार्यसूची थियो । त्यसअघि नै उनले राजीनामा दिन लागेकी हुन् ।

भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा (एमाले) विभाजनपछि अल्पमतमा छिन् ।