प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

कैलाली – कैलालीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैदको सजाय पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर राना रहेका छन् ।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेका थिए ।

हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजिव गुप्ता पनि पक्राउ परेका थिए । जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले अन्य ९ जनालाई जन्मकैदको फैसला सुनाएकोमा गुप्तालाई भने सफाइ दिएको छ । प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको थियो भने पछि उनी धरौटीमा छुटेका थिए ।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले गुप्ताको हत्यामा संलग्नता नदेखिए भन्दै उनलाई सफाइ दिइएको जानकारी दिनुभयो ।