अफगानिस्तानलाई चीनले दियो १० लाख डलर सहयोग

एजेन्सी/अफगानिस्तानलाई चीनले १० लाख डलर सहयोग गरेको छ । कतारको राजधानी दोहामा चीनसँगको उच्चस्तरीय छलफलपछि पछि चीनले सो रकम सहयोग गरेको हो ।

चीनले थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ । तालिवान प्रवत्ता जाबिहुल्ला मुजाहिदले चीनले प्रदान गरेको सहयोग औषधी, खाद्यन्नलगायतका अत्यावेश्यक क्षेत्रमा परिचालन गरिने जानाकारी दिए ।

तालिवानका उपप्रधानमन्त्री मुल्लाह बर्दार र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो वैठकपछि चीनले अफगानिस्तानलाई सहयोग गरेको हो ।

सो अवसरमा अफगानिस्तानको राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल भएको थियो । भेटका अवसरमा चिनियाँ विदेशमन्त्री वाङले तालिवानले अझै धेरै खुला र सहनशीलता प्रदर्शन गर्न जरुरी भएको बताएका थिए ।

चीनको सुरक्षा चासोबारे अफगान तालिवानले ठूलो महत्व दिएको वैठकपछि बरदारले जानकारी दिए ।