आउँदो मङ्सिर र पुसमा बाघ गणना गर्ने तयारी

चितवन/आउँदो मङ्सिर र पुस महिनामा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्ने तयारी भएको छ ।

नेपालले हरेक चार/पाँच वर्षका अन्तरालमा बाघको गणना गर्ने गरेको छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो ।

हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो। झाडी सुक्दै गए पछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उहाँको भनाइ छ । क्याप्चर रिक्याप्चर विधिबाट बाघ गणना गरिन्छ ।

दुई/दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । गणनाका लागि कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उहाँको भनाइ छ । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ ।

sahid diwas