हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ /हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।

sahid diwas