बझाङको खप्तडछान्नामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

बझाङ/पहिरोले घर पुरिदा बझाङमा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा उहाँ र उहाँकी श्रीमती जयसरा रोकायाको मृत्यु भएको हो।

यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको मृत्यु भएको छ । उहाँकी श्रीमती बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

यसैबीच गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म देशभर ५२ जनाको मृत्यु भएको छ भने ३० जना हराइरहेका छन् ।