मुगु बस दुर्घटनामा घाइते थप एकको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

सुर्खेत/मुगुमा भएको बस दुर्घटनामा परि घाइते भएका छाँयानाथ रारा नगरपालिका–१४, का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको छ ।
यो संगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

गत असोज २६ गते भएको बस दुर्घटनामा यसअघि नै ३२ जनाको मृत्यु भएको छ । ३२ मध्ये २४ जनाको घटनास्थलमै, चार जनाको उद्दारका क्रममा र चार जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो ।
नेपालगञ्जबाट सुर्खेत हुँदै मुगु छुटेको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना भएको थियो ।