हात्तिको आक्रमणबाट एक दम्पतीको मृत्यु

कञ्चनपुर/हात्तिको आक्रमणबाट कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको हो ।
आक्रमणबाट वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको प्रहरीले जनाएको छ ।
नजिकैको सामुदायिक वनबाट ९÷१० को सङ्ख्यामा जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।