वर्षाको कारण पाँच मुख्य राजमार्गसहित ९ वटा सडक अवरुद्ध

काठमाण्डौं/आइतबारदेखिको लगातार वर्षाले मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन् ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका हुन् । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी–डडेल्धुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा–मुगु सडक, भीमदत्त राजमार्ग, चौखुट्टे–बाजुरा–अछाम सडक बन्द भएको प्रहरीले जनाएको छ ।
बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको सडक विभागले जनाएको छ । तर निरन्तर पानी परेकाले सडक खुलाउन समस्या भैरहेको विभागको मर्मत महाशाखाका उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा दसंैं मनाएर फर्किएकाहरु बाटो मै अलपत्र परेका छन् ।