बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

सप्तरी/बसले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चोकमा शनिवार बेलुका प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो। मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र ५ वर्षीय छोरा घाइते भएका छन् ।

घाइते दुवै जनालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बस र चालक दोलखाको कालीञ्चोक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा ‍लिइएको प्रहरीले जनाएको छ।