५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन फाइजरले माग्यो अनुमति

काठमाण्डौ/फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ ।
खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) सँग अनुमति मागेको हो ।
फाइजरका वरिष्ठ उपाध्यक्ष डाक्टर बिल ग्रबरले दोस्रो डोज खोप लगाइसकेपछि पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकामा कोरोनासँग लड्न सक्ने एन्टीबडीको विकास भएको बताउनुभएको छ । उहाँले खोप सुरक्षित भएको दाबी समेत गर्नुभएको छ ।
यो भन्दा पहिला उत्पादन गरेको फाइजरको जर्मन बायोएनटेकसँग मिलेर बनाएको खोप १२ वर्षमाथि उमेर समूहका लागि प्रभावकारी देखिएको छ । अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) को सल्लाहकार समितिले ६५ वर्षभन्दा धेरै उमेर समूहकालाई फाइजरको बुस्टर डोज लगाउन पनि यो भन्दा अगाडि नै मञ्जुरी दिएको थियो।