पाकिस्तानमा भूकम्प: कम्तीमा २० जनाको मृत्यु

काठमाण्डौ/पाकिस्तानमा भूकम्प गएको छ । बिहीबार बिहान बालोचिस्तान प्रान्तमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको र दुई सय बढी घाइते भएका त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक नासिर नसिरको भनाइलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

यस्तै अमेरिकी भूगर्भ सर्वेक्षणले बालोचिस्तान प्रान्तको क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्रमा भूकम्पको इपिसेन्टर रहेको र इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको जनाएको छ । भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन् भने सयौँ बढी नागरिक घरबारविहीन भएका छन् । यस्तै ज्यान गुमाउनेमा महिला र बालबालिका बढी छन् ।