मुद्दा मिलाईदिने भन्दै पैसा माग्ने चितवनका एक वकिल पक्राउ
चितवन/मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने चितवनका एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।
उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ । उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको बताउँदै दरखास्त दर्ता नगराई मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग गरेका थिए ।
पक्राउ परेका व्यवसायीलाई ठगी उद्योग मुद्धामा चितवन आदलतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भरतपुरमा कार्यालय संचालन गरी काम गरिरहेको प्रहरीको भनाई छ ।