स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ

चितवन/स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । चितवनबाट काठमाडौं जाँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा झोला जाँच गर्ने क्रममा दुई जना भारतीय नागरिक लाई ९५ लाखसहित प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे रहेका छन्।
पक्राउ परेका दुबैलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरेको छ भने भोली ९आइतबार० सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।