आजको मौसम : केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाण्डौ/देशभर आज मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पानी पार्ने मौसमी प्रणालीको प्रभाव खासै नपरे पनि स्थानीय वायुको प्रभावका कारण आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो विशेषगरी प्रदेश(१, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अबको केही दिन ठूलो पानी पर्ने लगातार झरी पर्ने सम्भावना नभएको उहाँले बताउनुभयो ।