भोलि शनिबार १० बजेदखि ४ बजसम्म चितवनमा बिद्युत अबरुद्ध हुने

चितवन/भोलि शनिबार चितवनका विभिन्न स्थानमा बिद्युत अबरुद्ध हुने भएको छ । जिल्लाको भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका लागि विद्युत पोल स्थानान्तरण गर्न बिद्युत अबरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि चनौली फिडर सटडाउन हुने प्राधिकरणले जनाएको छ । पूर्वी चितवनको पर्सा क्षेत्र र पश्चिम चितवनको चनौली र माडी क्षेत्रमा विद्युत अबरुद्ध हुने जनाइएको छ ।