देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण

काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी कुल १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ
यस्तै यहि अवधिमा १ हजार ५५० जना निको भएसँगै ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।