स्नातक उत्तीर्ण बेरोजगार महिलालाई व्यास नगरपालिकाले अनुदान दिने

तनहुँ/स्नातक उत्तीर्ण बेरोजगार महिलालाई तनहुँको व्यास नगरपालिकाले अनुदान दिने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीवार भएको पालिकाको नियमित बैठकले पालिकाभित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिनेसम्बन्धी मापदण्ड पारित गर्ने निर्णय गरेको हो ।
स्नातक उत्तीर्ण महिलाले कुनै व्यवसाय तथा उद्यम गर्न चाहेमा अनुदान दिने जनाएको छ । तर कुन क्षेत्रमा कति अनुदान दिने भन्ने बारे विस्तृतमा मापदण्डमा उल्लेख गरिने पालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिका अन्तर्गत कार्यरत बालविकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमशः १५ हजार १०० र रु १४ हजार ५०० श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको पालिकाले जनाएको छ ।