पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सप्तरी/पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर आज बिहान बालकको मृत्यु भएको हो।

घर नजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको मृत्यु भएको हो ।

उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।