तास खेलिरहेको अवस्थामा १८ लाख ७५ हजार रुपैयाँसहित १३ जना पक्राउ

काठमाण्डौ /तास खेलिरहेको अवस्थामा काठमाण्डौबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँसहित १३ जना पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई गएराति साढे १२ बजे पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।
स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।