नेपाली कामदार दुईवटा शर्तसहित दक्षिण कोरिया लैजाने तयारी

काठमाण्डौँ/रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।

कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।

कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड ९एचआरडी० कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।