संविधान दिवसका अवसरमा ८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा

काठमाण्डौँ/संविधान दिवसका अवसरमा आठ जनाको माफी र पाँच सय २३ कैदीको कैद कट्टा हुने भएको छ ।

राष्ट्रपति कार्यालयले आज शनिवार एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएको छ ।

त्यस्तै पाँच सय २३ कैदीको भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।