बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाण्डौ/बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

उच्च अदालत पाटनबाट जरिवाना तोकिएर फरार रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई आज पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु २५ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगङ्जको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी पीडितलाई सेञ्चुरी बैंकको चेक दिएका थिए ।

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।