चितवनमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप

चितवन/जिल्लामा जारी निषेधाज्ञा असोज १५ गतेसम्म लागू हुने गरि थपिएको छ। केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन भने संचालन गर्न दिने निर्णय गरेको छ । कानून बमोजिम गर्नै पर्ने भएकाले साधारणसभा, अधिवेशनहरु संचालन गर्न दिने निर्णय भएको छ। त्यसका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराउनुपर्ने छ।

sahid diwas