पहिरोको कारण मुग्लिन–नौबिसे सडक अबरुद्ध

चितवन पहिरोको कारण मुग्लिन–नौबिसे अबरुद्ध सडक भएको छ । जिल्लाको इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो ।
राती २ः४५ बजेको समयमा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक अबरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । अहिले पहिरो हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।