भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

काठमाण्डौं / नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे शुरू हुनेछ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।

यसअघि  बिहीबार भएको  नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । घरेलु टोली नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिएको हो। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले खेलको ३६औं मिनेटमा गोल गरेको थियो। अञ्जन विष्टले भारतीय गोलरक्षक गुरप्रीतसिंह सन्धुलाई बिट गर्दै गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको ६१औं मिनेटमा गोल खाएको थियो।

sahid diwas