एम. सी. सी. खारेजी अभियान: चितवनको स्थानीय स्तरमै समिती गठन हुँदै।

सुर्य बराल/चितवन/एम. सी. सी. खारेजी अभियान संयुक्त संघर्स समिति चितवनले जिल्लामा स्थानीय स्तरमै समिती गठन गर्न शुरु गरेको छ।गत महिना जिल्लामा क्रियाशिल अधिकांश राजनीतिक पार्टीहरुको समेत सहभागितामा गठित समितिको यश अघि जिल्ला स्तरिय संरचना रहेकोमा अब बाट स्थानीय तहसम्मै संरचना गठन हुन लागेको हो।

समितिका सचिव अजिब पौडेलका अनुसार आज अहिले १ बजे जिल्लाको पुर्बी चितवनको राप्ती नगरपालिकामा नगरस्तरीय समिती गठन गर्न लागिएको हो। सचिव पौडेलका अनुसार भोलि भाद्र २० गते ११ बजे खैरहनी नगरपालिका स्तरीय समिति गठन हुने छ। तेस्तै २१ गते ३ बजे रत्ननगरपालिकामा समिती गठन हुने छ। भाद्र २१ गते भरतपुर महानगर स्तरीय समिती बन्नेछ भने २२ र २३ गते कालिका र ईच्छाकामना गाउँपालिका स्तरीय समिती बन्ने छ। यो महिना भित्र स्थानीय स्तर र आवस्यकता अनुरुप वार्ड स्तरीय संगठनात्मक संरचना निर्माण गर्ने सचीव पौडेलले जानकारी दिए।
स्थानीय स्तरमा समिती गठनपछि जिल्लाभर एम. सी. सी. खारेजीको लागि व्यापक अभियान संचालन गर्ने एम. सी. सी. खारेजी अभियान सयुक्त संघर्स समिति् जिल्ला संयोजक फणिन्द्र आचार्यले जानकारी दिए। अध्यक्ष आचार्यका अनुसार जिल्लामा क्रियाशिल राजनितिक दल लगाएतका संघ संगठनसङ्ग समन्वय गर्दै बिरोधका कार्यक्रमलाई थप प्रभावकारी बनाईने छ। स्मरण रहोस जिल्लास्तरमा रहेको सयुक्त समितिले यस अघि पनि जिल्लामा एम. सी. सी.को विरुद्धमा सडक सङर्स लगाएतका विभिन्न गतिविधि गर्दै आईरहेको छ।