पूर्व मन्त्रि एकनाथ ढकालद्वारा नेकपा(एस)का अध्यक्ष माधब नेपाल संग भेट।
१२ भदौ, काठमाडौं/नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल संग भेट गर्नु भयको छ । भेटमा समसामयीक राजनैतिक परिस्थितिको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए। तेश्रो महाधिवेशनको संघारमा रहेको परिवार दलले आगामी निर्वाचनमा सशक्त रुपमा सहभागी हुने बताउदै आएको छ। केहि हप्ता अघि मात्रै परिवार दलले २ नम्बर प्रदेशको सबै जिल्लामा उत्पीडित समुदायको लागि राहत सामग्री वितरण गरेको थियो। संबिधान सभामा २ सभासद रहेको नेपाल परिवार दलले गत निर्वाचनमा नेकपा एमाले संग सम्झौता कार्यान्वयन नगरेको भन्दै निरन्तर आबाज उठाउदै आएको छ । परिवार दलले नेपालको संबिधान मान्ने सबै राजनैतिक दललाई मित्र शक्तिको रुपमा चित्रण गर्दै आएको छ।