विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै: चितवनको राप्तीमा एक्कैदिन ५२ जना पार्टी प्रवेश
चितवन/संसदीय ब्यबस्था दिनप्रतिदिन असफल बन्दै जान थालेपछि बिप्लब नेतृत्वको नेकपाले उठाएको राजनीतिक मुद्दा दिन प्रतिदिन स्थापित बन्दै जान थालेको छ। नेकपाले उठाएको राजनीतिक मुद्दा स्थापित हुन थालेसङै विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै जान थालेको छ। सोही क्रममा आज शनिबार चितवनको राप्तीमा एक्कैदिन ५२ जना नेकपामा प्रवेश गरेका छन। राप्ती नगरपालीका वडा नम्वर २ का ५२ जना युवा अन्य पार्टी परित्याग गरी आज श्रावण ३० गते विप्लप नेतृत्वको नेकपा पार्टीमा प्रवेश गरेका हुन् । पार्टीको वडाको वडा भेला कार्यक्रममा ५२ जना युवाहरु पार्टीको नीति र कार्यक्रमलाई साथ दिदै पार्टीमा समाहित भएको वडा इन्चार्ज राम सेडाईले जानकारी दिए। कार्यक्रममा बोल्दै पार्टीको योजना र कार्यक्रमप्रति युवाहरुको आकर्षण बढेकाले पार्टी प्रवेश गर्ने युवाहरुको लहर चलेको सेडाईले बताए।
कार्यक्रममा मन्तव्य राख्दै चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सन्देश पौडेलले पार्टीले चितवनमा संगठन बिस्तारलाई ब्यापक रुपमा अगाडि बढाउदै बैज्ञानिक समाजवाद र यसका लागि पार्टीले अगाडि सारेको जनमत संग्रहका सन्दर्भमा नागरिकलाई सुसुचित गर्दै लगेको जानकारी दिए।
पार्टीले अहिले धमाधम संगठन विस्तार र कार्यकर्तालाई पार्टीको एजेण्डा र भावि योजनाका बारेमा प्रशिक्षण दिएको उनको भनाई छ । वर्तमान संसदिय राजनीतिले देशलाई निकास दिन नसक्ने भएकाले आफुहरुले यसको विकल्पको रुपमा जनमत संग्रह मार्फत बैज्ञानिक समाजवाद ल्याउनु पर्ने एजेण्डा अगाडि सारेको र यसलाई जनताले साथ दिएको ईन्चार्ज पौडेलले बताए । बैज्ञानिक समाजवादले मात्रै जनताको चाहाना पुरा हुने र त्यसका लागि वर्तमान संसदिय व्यवस्था फाल्नका लागि जनमत संग्रहमा जानुपर्ने उनको भनाई छ ।
कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य र शिक्षा नागरिकको आधारभुत आवश्यकता भएकाले हरेक नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य र शिक्षा पाउनु पर्ने बताए ।
कोही मान्छे बिरामी भएर अस्पताल पुग्दा घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अव एक पटक युवाहरु स्वास्थ्य क्षेत्रका माफियाहरुका विरुद्ध कडा रुपमा मैदानमा उत्रन आवश्यक रहेको चन्दको भनाई छ ।
उक्त कार्यक्रममा सयौं युवाहरूको सहभागिता रहेको थियो ।