जनपत्रकार संगठन चितवनको दाेस्रो सम्मेलन हुँदै!

चितवन/जनपत्रकार संघ नेपाल जिल्ला समिति चितवनको सम्मेलन आगामी २३ गते हुने भएको छ ।
संघको गत शनिवार भरतपुरमा बसेको बैठकले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सूर्य बरालका अनुसार वैठकमा विगतको गम्भीर समिक्षा गर्दै पत्रकारहरु को हक अधिकार र साना मिडिया संरक्षणमा संघले सम्मेलन पश्चात चरणवद्ध संघर्षमा जाने लगायतका निर्णय गरेको छ ।
वैठकले पत्रकार महासंघ गैह्र पत्रकारहरुको अखडा बन्दै गरेकोमा चिन्ता व्यक्त गर्दै आम शुद्धिकरण अभियानमा महासंघ चितवन शाखासंग समन्वय गर्ने निर्णय गरेको संयोजक बरालले जानकारी दिनुभयो ।
उक्त वैठकमा नेकपाका जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटा, नेकपाका नेता कमरेड महेश लगायतको उपस्थिति रहेको
थियो । पत्रकारहरुले जनता र परिवर्तनको पक्षमा निरन्तर कलम चलाउनु पर्नेमा वैठकमा उपस्थित नेताहरुको जोड रहेको थियो ।