“हाम्रो संसार नवलपुर”काे जिल्ला शाखा बिस्तार तथा समिती गठन कार्य सम्पन्न


हाम्रो संसार “सधैं समाज सुधार का लागि” भन्ने मुल एजेन्डा बाेकेकाे सकृय सामाजिक संस्थाले नवलपुरमा आफ्नो शाखा विस्तार तथा समिति गठन कार्यलाई भब्यताकाे साथ सु- सम्पन्न गरेको छ । समाजकाे सामाजिक क्षेत्रमा उल्लेखनिय भुमिका खेल्दै आएको “हाम्रो संसार” नामक संस्था बागलुङबाट २०७६ मङ्सिर २० गते स्थापना भई, दर्ता प्रकृया पूरा गरेर संचालनमा आएको उक्त संस्थाले समाजका हरेक विकृति र बिसंगतिकाे भन्डाफोर गर्दै, गरिव, दिन दुखिलाई मलमपट्टी लगायर समाज रुपान्तरणकाे पहिलाे खम्बा बनेको छ । साे संसथाकाे कार्य क्षेत्र बिस्तारकाे क्रममा आज नवलपुर जिल्ला शाखा विस्तार तथा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । अध्यक्षमा पुजा श्रेष्ठ सर्वसहमतले चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा- गोबिन्द के सि,उपाध्यक्षमा – जुना पौडेल,सचिव – सुलोचना शर्मा,सह सचिव – सीता कुवँर ( सिखा),कोषाध्यक्षमा – सुदिप आचार्य त्यस्तै गरि सदस्यहरुमा स्यान्ड्रोज अधिकारी,शोभा न्यौपाने,सुस्मा शर्मा,प्रमिला पाठक,विकास रानाभाट,राजु अर्याल छेत्री,बिजय न्यौपाने र संरक्षकमा:किस्मत पौडेल,बिमल अधिकारी छन् । भने सल्लाहकारमा गोबिन्द सिग्देल दिपक काफ्ले,तिर्थ राज काफ्ले,ओमकार घिमिरे चयन भएका हुन् । उक्त संसथाकाे शाखा बिस्तार गठन कार्यक्रम दुम्कौली सि जि मन्दिर परिसरमा सम्पन्न भएको हाे ।

sahid diwas