नारायणी पब्लिक कलेजको भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न

असार ६,चितवन। नारायणी पब्लिक कलेज भरतपुर -११को आयोजनामा भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कक्षा ११/१२ मा पढाइ हुने कानुन संकायको बारेमा जानकारी दिने र कानुन विषयको उपदेहिताको बारेमा सबैलाई अबगत गराउने उदेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशन एब कार्यक्रममा सभाध्यक्ष राजेश्वर खनालले बताउनु भयो।कार्यक्रमका प्रमुख अतिथी रास्ट्रीय परिक्षा बोर्डका निमित्त निर्देशन डाक्टर राम चन्द्र पान्डेले कक्षा ११/१२को पाठ्यक्रम को बारेमा जानकारी गराउनु भयो । साथै नारायणी पब्लिक कलेजका कानुन संकायका प्राध्यापक एब अधिवक्ता दिपक तिमिल्सिनाले कानुन विषय पढ्दाको फाइदाको बारेमा उल्लेख गर्नु भयो। कलेजका कार्यक्रम संयोजक जनक राज घिमिरे र शैक्षिक प्रमुख प्रकाश सिग्देलले सहजीकरण गर्नु भएको कार्यक्रममा बिधालयका प्राचार्य बेदराज न्यौपाने, कानुन संकायका प्राध्यापक एब अधिवक्ता श्रीराम सपकोटाले मन्तव्य राख्नुभएको थियोे भने कानुन संकायकै प्राध्यापक एब अधिवक्ता राम चन्द्र भट्टले सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो । अहिलेको जटिल परिस्थितिमा भर्चुअल विधि उत्तम भएको र सो कार्यक्रम मा करिब २०० जना उपस्थिति रहेको कलेजका निर्देशन अनिता खनालले बताउनु भयो।।कलेजले अघिल्लो बर्ष देखि कक्षा ११/१२ मा कानुन विषय अध्यापन गराउदै आइरहेको छ।

sahid diwas