रोटरी क्लब अफ नारायणी मिड टाउन चितवनद्वारा स्वास्थ्य शाखा धादिङलाई स्वास्थ्य सामाग्री वितरण

चितवन,जेठ २० । रोटरी क्लब अफ नारायणी मिड टाउन चितवनले कोभिड १९ रोग रोकथाम तथा नियन्त्रणका लागि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखा कार्यालय लाई नगद एकलाख एकासी हजार आठ सय अड्तिस रुपैयाँ बराबरको PPE सेट , अक्सिमिटर , थर्ममिटर , सर्जिकल मास्क, सेनिटाईजर लगायत विभिन्न प्रकारका मिडिसिन समेत सोही गाउँपालिकाका अध्यक्ष बिनोद राज तिमल्सिना र स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठलाई क्लबका अध्यक्ष रोटरियन यमनाथ दनै मार्फत हस्तान्तरण गरेको छ ।

उक्त गाउँपालिकामा यतिबेला २५२ जना कोभिड संक्रमितहरु आइसोलेसनमा छन।कोभिडले बिश्व समुदायलाई नै आक्रान्त पारीरहेको यो विषम परिस्थितिमा पालिकालाई स्वास्थ्य सामाग्रीको आवश्यकता महसुस गरी रोटरीले गाउँ मै पुगेर सहयोग गरेको रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष दनैले बताउनुभयो ।

प्रेसिडेन्ट इलेक्टेड राजेश्वर खनालले ज्वालामुखी गाउँपालिकामा यस अघि पनि दुइ पटक सम्म रोटरी क्लबले नि:शुल्क हेल्थ क्याम्प राखीसकेको र एक घर एक खानेपानी धाराको अबधारणा अनुसार करिब एक करोड चौरासी लाखको बजेटमा खानेपानी आयोजना निर्माण भैरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले रोटरी क्लबले पटक पटक आफ्नो पालिकामा आएर सहयोग गरेको हुँदा आउँदा दिनहरुमा पनि क्लब बाट यस्तै सहयोगको अपेक्षा रहिरहने बताउनु भयो।

उक्त स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रममा ज्वाला मुखी गाउँपालिका अध्यक्ष बिनोद राज तिमिल्सिना, रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष यमनाथ दनै, प्रेसिडेन्ट इलेक्टेड राजेश्वर खनाल,भाइस प्रेसिडेन्ट प्रमेश्वर भण्डारी, बिराट घिमिरे , स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ लगायत विभिन्न स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख हरुको उपस्थिति रहेको थियो ।

sahid diwas