चितवनमा सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
जेठ १९ । चितवन उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
मंगलवार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई २ हजार ५०० थान मास्क, ९० वटा स्यानिटाइजर, ३ सेट पिपिइ, ५० सेट फेस शिल्ड, ५० कार्टुन पानी, इलाका प्रहरी कार्यालय मुग्लिनलाई २ अजार ५०० मास्क, ९० वटा स्यानिटाइजर, ३ सेट पीपीई, ५० सेट फेस शिल्ड र २० कार्टुन पानी तथा पत्रकारका लागि ७५० पिस मास्क, १५ वटा स्यानिटाइजर र १५ सेट फेस शिल्ड सहयोग गरिएको हो ।
चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेँल, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र चितवन उद्योग संघ इच्छाकामना एकाइका अध्यक्ष अमरबहादुर अधिकारीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कालिदास धौवजी, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उनीहरूले पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।रासस