६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने तयारी
सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ ।
ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले ती जिल्लाका पालिकालाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ । गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा र काठमाण्डौ उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरबाहेकका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणले निकालेको सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।