चितवन , जेठ ०६ ।चितवनका थप ३ अस्पतालहरुमा कोरोनाको नि:शुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि चितवनका थप तीनवटा अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै तोकिएका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।निःशुल्क उपचार हुने अस्पतालहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) रहेका छन । यसअघि भरतपुर अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुँदै आएको छ ।