नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागी एक युवकको मृत्यु
नवलपरासी/५ जेठ/पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित भारतीय सिमामा गाेल्लि चल्दा एक नेपाली युवकको मृत्यु भएको छ।
सशस्त्र प्रहरीले चलाएकाे गाेलीबाट प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका थिए। उनको उपचारकाे लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
प्रहरीको गोली लागी घाईते भएका ती युवक अविनाश राजभरकाे स्थानिय शहिद स्मृती सामुदायीक अस्पताल चौपतामा उपचार पठाइएको थियो तर सो अस्पतालमा उपचार हुन नसकेपछि बुटवल स्थित सिटी अस्पतालमा रिफर गरिएको थियो । सिटी अल्पतालका चिकित्सकहरुले राजभरलाई जॉच्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन् । त्यस्तै प्रहरीको लाैराेकाे प्रहारले वर्ष ३० काे बिनाेद राजभर शख्त घाइते भएका छन् ।
आज बिहान प्रतापपुर गाँउपालिका वडा नं. ६ कङ्गलीखोलाको पुर्व तिरबाट २ जना युवक भारततर्फ आवश्यक सामान लिन जान खोज्दा सिमामा खटिएका सशस्त्र प्रहरीटोलीले रोक्ने प्रयास गर्ने क्रममा विबाद सिर्जना भएपछी स्थानियहरु जम्मा भई प्रहरीसंग केही समय झडप भएपछि सशस्त्र प्रहरीले ५ राउण्ड गोली प्रहार गरेको स्थानिय बताउँछन् ।
बुधबार बिहान तीन/चार जना युवक प्रतापपुर ६ को कठहवा नाका खेतकाेबाटाे हुदै भारत तर्फ जान खोज्दा शसस्त्र प्रहरीले रोक लगाएपछि विवाद सृजना भएको जानकारी दिएका छन् । पछि गाँउका ५०/६० जना मानिस एकै पटक आएपछि प्रहरीले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेस अधिकारीले जानकारी दिए। स्थानियले प्रहरी माथी ढुंगा मुढा प्रयोग गरेपछि बाध्य भएर गोली चलाउनु परेको शसस्त्र प्रहरीको भनाई छ । घटनामा शसस्त्र प्रहरी तर्फ पनि दुई जना घाईते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताए । घटना पछि सो स्थानको स्थीति तनावपूर्ण बनेको थियो । कोरोना महामारीको समय भएकाले सिमाबाट आउजाउ गर्न कडाई गरिएको प्रशासनको भनाई छ ।