चितवनमा १ सय १६ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार ३ सय नाघ्यो
जेठ ०२, चितवन। चितवनमा पछिल्लो २४ घण्टामा १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २ सय ८२ पिसिआर नमुना र ३८ एन्टिजेन नमुना परिक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन् । यो संगै जिल्लामा कोरोनाका पुष्टि हुनेको संख्या ११ हजार ३ सय २८ जना पुगेका छन् ।
आज थपिएका मध्ये भरतपुर महानगरपालिकाका ७१ जना रहेका छन् । त्यस्त खैरहनी नगरपालिकाका ९ जना, माडी नगरपालिकाका ३ जना, रत्ननगर नगरपालिकाका १४ जना, राप्ती नगरपालिकाका १ जना, कालिका नगरपालिकामा ४ जना रहेका छन् । ईच्छाकामना गाँउपालिकामा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या शुन्य छ ।
चितवनमा हाल ३ हजार ८ सय ६२ जना सक्रिय संक्रमित पुगेका छन् । चितवनमा रहेका सक्रिय संक्रमित मध्ये ३ हजार ६ सय ३७ जना होम आइसोलेसनमा रहेका छन् ।