गाेरखाका ७८ वर्षीय काेराेना सङ्क्रमितक वृद्धकाे चितवनमा मृत्यु
बैशाख १९ चितवन । चितवनमा गोरखाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् ।
उनीको आज राति भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ ।