बैशाख १७, चितवन प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको छ । चितवनका छिमेकी जिल्लाहरुमा निषेघाज्ञा नभएकाले नाकाहरुमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।सिमानाबाट धेरैलाई फर्काउनु परेको बताउदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले छिमेकी जिल्लाबाट प्रवेश गर्न खोज्ने अनुमतिपत्र तथा कार्ड नभएकाहरुलाई सिधै फर्काइएको बताउनुभयो।
जिल्ला भित्रका अन्य ठाउँहरुमा पनि सुरक्षाकर्मीहरुले कडाइ गर्नुपरेको उहाको भनाइ छ । बिना काम पैदल हिँड्नेहरुलाई समेत घर फर्काइएको बताउदै उहाले धेरै सर्वसाधारणहरुलाई आफुले सम्झाइबुझाई फर्काएको भएपनि कतिपयलाई होल्ड गरेर राखेपछि मात्र फर्काएको जानकारी दिनुभयो । एसपी अधिकारीले हालसम्म जिल्लाभर ३४५ सवारी र एक हजार ३५ जनालाई होल्डिङ सेन्टरमा राखिएको जानकारी दिनुभयो । दुई घण्टा होल्डमा राखेर फर्काउने गरिएको बताउदै उहाले चितवनका शहरीक्षेत्रसहित गाउँमा पनि उत्तिकै कडाइ गर्नु परेको बताउनुभयो ।कोरोना माहामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञामा सुरक्षाकर्मीले नै कडाइ गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको उहाको भनाइ थियो । एसपी अधिकारीले चितवन जस्तो शिक्षित समाजमा सर्वसाधारण आफैले बुझ्न आवश्यक रहेको बताउनुभयो।
चितवन प्रवेश गर्ने नाकाहरुमा कडाइ
SHARE.