चितवनमा १५२ जनाको कोरोना परीक्षण गर्दा ७० जनामा पोजेटिभ

  • चितवन, १७ गते शुक्रबार- चितवनमा १५२ जनाको कोरोना (कोभिड १९) परीक्षण गर्दा ७० जनामा पोजेटिभ देखिएकाे छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा हिजो गरिएका १५२ मध्य ७० जनाको कोरोना पुष्टि भएको हो ।

अन्य ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्य भरतपुर महानगरपालिकाका ५१ जना,रत्ननगर नगरपालिकाका २ जना,राप्ती नगरपालिकाका २ र खैरहनी नगरपालिकाका १ जना संक्रमित भएका हुन् ।