काेरना संक्रमणका कारण कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
१५ वैशाख, काठमाडौं । काेरना संक्रमणका कारण नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो । पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो । बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।