वैशाख १४, जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पार्टी प्यालेस सन्चालनमा रोक लगाएको छ । प्रशासनले आज एक सुचना जारी गर्दै भोली १५ गते देखी लागु हुने गरि जिल्लामा रहेका सम्पूर्ण पार्टी प्यालेस सन्चालन गर्न नपाउने व्यवस्था लागु गरेको हो ।जिल्लामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण तिब्र गतिमा फैलिएको भन्दै उक्त सुचनालाई अटेर गरी पार्टी प्यालेस सन्चालन गरे वा गराएमा होटल समेत जिम्वेवार हुने र कसुरको आधारमा संक्रमक रोग नियन्त्रण एन २०२० बमोजिम कारबाही गरिने जनाएको छ ।